क्रिकेट

नेपालले दियो बंगलादेशलाइ ५२ रनको झिनो लक्ष्य

इकागज |
माघ ५, २०८१ शनिबार १४:२९ बजे

काठमाडौं-  मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले झिनो लक्ष्य दिएको छ ।

आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ नचल्दा नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफलमात्रै तयार पार्न सकेको हो ।

नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसके पछि बंगलादेशले झिनो लक्ष्य पाएको हो ।​

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए ।



Author

थप समाचार
x