क्रिकेट

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

इकागज |
माघ १७, २०८१ बिहीबार १६:७ बजे

काठमाडौं - नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालविरुद्ध २० रनको जित हासिल गरेको हो ।


नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र १३७ रनमात्र जोड्न सफल भएको थियो । 

नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।

 उता, नेदरल्याण्डका लागि क्यारोलिन दी लेन्ज र इभा लिन्चले समान दुई विकेट, आइरिस ज्वीलिङ र फ्रेडेरिक ओभरडिकको नाममा समान एक विकेट लिएका थिइन् । यो जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा २ अंक जोडेको छ ।
 


Author

थप समाचार
x