नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित
काठमाडौं - काठमाडौंमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोश्रो हार व्यहोरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित भएको हो । १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापत खोन्चरोएन्कले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता कुँवर र रुविना समान १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका लागि कविता र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए ।
जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ । अदुवै खेलमा पराजित नेपाल अंकबिहीन छ । आफ्नो तेस्रो खेल नेपालले आइतवार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया