क्रिकेट

नेपालको लगातार तेश्रो हार

इकागज |
माघ २०, २०८१ आइतबार १६:३ बजे

काठमाडौं - काठमाडौंमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा नेपालले लगातार तेश्रो हार व्यहोरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । नेदरल्यान्डसका लागि आइरिस विलिङ, क्यारोलिन डिल्याङ र हेदर सिजर्सले दुई–दुई तथा इभा लिन्च र इशावेल वनिङले एक–एक विकेट लिइन् ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि सर्वाधिक बबेट डिलेडले ४१ रन बनाइन् । नेपालका लागि सीता राना मगरले पाँच विकेट लिइन् । जितसँगै नेदरल्यान्डसको ६ अकं भएको छ भने नेपाल अंकविहीन छ ।

अर्का टोली थाइल्यान्डको दुई अंक छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । नेपालले अर्को खेलमा मंगलवार थाइल्याण्डसँग खेल्नेछ । 


Author

थप समाचार
x