नेपालको लगातार पाँचौं हार
काठमाडौं - काठमाडौंमा जारी त्रिदेशीय टी–२० अन्तराष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली नेपालले लगातार पाँचौ हार व्यहोरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो । जितका लागि १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ दशमलव ४ ओभरमा विना कुनै विकेटको क्षति १ सय ५१ रन बनायो । नेदरल्यान्ड्सका लाथि स्ट्री कालिसले सर्वाधिक ९८ रन बनाइन् ।
त्यस्तअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । नेपालका लागि पुजा महतोले सर्वाधिक ६२ रनको पारि खेलेकी थिइन् ।
बलिङतर्फ नेदरल्याण्ड्सका लागि आइरिस जुइलिङले दुई विकेट तथा क्यारोलिन डे लेङ र हेदर सिजर्सले एकएक विकेट लिन सफल भइन् । शृङ्खलामा नेपालले हालसम्म ५ खेल खेल्दा पाँचै खेल हारेको छ भने नेदरल्यान्ड्सले ५ मध्ये ३ खेल जितेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया