क्रिकेट

झलारीका ललीत ऐरले जिते नगद एक लाख

इकागज |
माघ २८, २०८१ सोमबार १५:४७ बजे

काठमाडौं - क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका छन् । आज भएको फाइनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ललीतले ब्रेड बक्सको तर्फबाट नगद एक लाख प्राप्त गरेका हुन् ।

ब्रेड बक्सले फाइनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार घोषणा गरेको थियो । यस्तै अन्य छक्का प्रहार भएको बलमा पनि क्याच गरेमा प्रति क्याच १० हजार घोषणा गरिएको थियो ।


फाइनल खेलमा ललितले दोस्रो क्याच गरेका हुन् । यसअघि हिजो भएको सेमिफाइनलमा पहिलो क्याच गर्दै बैतडीका हरीश भाटले ५० हजार पुरस्कार पाएका थिए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ललीत ऐर आज भएको फाइनल खेल हेर्नका लागि चार जना काकाहरुसँगै फाप्लामा पुगेका थिए । चन्द सुर्य सेकेन्डरी स्कूलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख पढाइमा लगानी गर्ने बताएका छन् ।  
 


Author

थप समाचार
x