क्रिकेट

दक्षिण अफ्रिकाको च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात

इकागज |
फागुन १०, २०८१ शनिबार ७:१६ बजे

काठमाडौँ- दक्षिण अफ्रिकाले आइसीसी च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात गरेको छ ।

शुक्रबार राति पाकिस्तानको कराची नेशनल स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रन अन्तरले पराजित गरेको हो ।


दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनाएपछि खेल १०७ रनले खेल हारेको थियो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ९० रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेका थिएनन् ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए भने लुंगी एन्गिडी र विआन मुल्डरले २-२ विकेट लिएका थिए । त्यस्तै मारको जानसेन र केशव महाराजले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदै ३१५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले शतकीय पारी खेलेका थिए । १०६ बल खेलेका रिकेलटन १०३ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान टेम्बा बाभुमाले ५८ रन बनाए भने रास्सी भान डेर दुसेनले ५२ रन बनाएका थिए ।

त्यसैगरी एडन मार्क्रमले अविजित ५२ रन बनाएका थिए भने डेभिड मिलरले १४ रन बनाएका थिए । त्यसैगरी अफगानिस्तानका बलर मोहमद नावीले २ विकेट लिए भने नूर अहमद, अजमतुल्लाह ओमारजाई र फाजलहक फारुकीले एक एक विकेट लिएका थिए ।

यो जितपछि समुह बि मा रहेको दक्षिण अफ्रिकाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिरहेको अफगानिस्तानले भने हारबाट आफ्नो शुरुवात गरेको छ ।


Author

थप समाचार
x