बंगलादेशले न्यूजिल्याण्डलाई दियो २३७ रनको लक्ष्य

काठमाडौं - बंगलादेशले न्यूजिल्याण्डलाई २३७ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको हो ।
बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्वाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए ।
त्यसैगरी न्यूजिल्याण्डका बलर माइकल ब्रसवेलले सर्वाधिक ४ विकेट लिए भने विल ओ रोउरकेले २ तथा माट हेनरी र कील जामिएसनले एक/एक विकेट लिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया