न्यूजील्याण्डलाई हराउदै भारत बन्यो समूह विजेता

काठमाडौँ- भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समूह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समूह ए को विजेता बनेको छ ।
भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुँदै २०५ रन मात्र बनाएको थियो । न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनाएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर वरुण चक्रवर्तीले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो ।
भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ५ विकेट लिएका थिए ।
यो जितपछि भारत समुह ए मा समुह विजेता बनेको छ र अब सेमिफाइनलमा अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका खेल्ने भएका छन् ।
अब पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबीच आगामी मंगलबार हुने छ भने दोस्रो सेमिफाइनल खेल बुधबार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया