च्याम्पियन्स ट्रफी : दोस्रो सेमिफाइनलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ- जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।
दोस्रो सेमिफाइनलमा आज न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच पाकिस्तानको लाहोरमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २: ४५ बजेदेखि शुरु हुने छ ।
दक्षिण अफ्रिका समुह बी को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने न्यूजील्याण्ड समुह ए को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहेको छ भने न्युजिल्याण्डले समुह चरणमा एक खेलमा हार बेहोरेको थियो ।
दुवै देशबीच हेड टू हेडको कुरा गर्दा दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच अहिलेसम्म ७३ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्युजिल्याण्डले २६ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।
यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा पुगेको छ । आजको खेलको विजेताले मार्च ९ मा हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतसँग खेल्ने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया