न्यूजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं - न्यूजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।
जारी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्यूजिल्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।
दक्षिण अफ्रिका समूह बी को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने न्यूजिल्याण्ड समूह ए को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित रहेको छ भने न्यूजिल्याण्डले समूह चरणमा एक खेलमा हार बेहोरेको थियो ।
दुवै देशबीच हेड टू हेडको कुरा गर्दा दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच अहिलेसम्म ७३ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजिल्याण्डले २६ खेलमा जित हासिल गरेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।
यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा भारले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा पुगेको छ । आजको खेलको विजेताले मार्च ९ मा हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतसँग खेल्ने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया