क्रिकेट

च्याम्पियन्स ट्रफी: फाइनलमा न्यूजिल्याण्डले टस जित्यो, भारतले पहिला बलिङ गर्ने

इकागज |
फागुन २५, २०८१ आइतबार १४:३८ बजे

काठमाडौं - आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्यूजिल्याण्डबीच हुँदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनलमा न्यूजिल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।

न्यूजिल्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ ।  


सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुँदैछन् ।


Author

थप समाचार
x