युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

काठमाडौं - युगाण्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउँदै ७६ रन बनाएको हो ।
युगाण्डाका लागि इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलरपुजा महतोले ३ र इन्दु बर्माले २ विकेट लिएकी थिइन् । शनिबारदेखि शुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया