क्रिकेट

पीएम कपमा कर्णालीमाथि गण्डकी ४ विकेटले विजयी

इकागज |
फागुन २७, २०८१ मंगलबार १४:१५ बजे

काठमाडौं - जारी पीएम कपमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि ४ विकेटको जित हासिल गरेको छ । मंगलबार देउखुरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । 

कर्णाली प्रदेशले दिएको मात्र ९२ रनको लक्ष्य पछाएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । 


यसअघि पहिला ब्याटिंग गर्दै कर्णालीले २७.२ ओभरमा अल आउट हुँदै ९१ रन बनाएको थियो । 

जारी पीएम कपमा गण्डकीको यो पहिलो जित हो ।  गण्डकीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।  त्यस्तै कर्णालीको पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ । 


Author

थप समाचार
x