क्रिकेट

कोशी प्रदेशमाथि मधेशको १६५ रनको फराकिलो जित

इकागज |
फागुन २७, २०८१ मंगलबार १६:२८ बजे

काठमाडौं - जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।

मधेश प्रदेशले दिएको २८५ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २२ ओभरमा अल आउट हुँदै ११९ रन मात्र बनाएको थियो ।


कोशी प्रदेशको ब्याटिंग लाइनलाई ध्वस्त गर्ने क्रममा मधेशका रुपेश सिंहले ५ विकेट लिएका थिए भने राजेश यादवले ३ विकेट लिएका छन् ।

यसअघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।

मधेशका लागि पवन सराफले सर्वाधिक ९२ रन बनाए भने कप्तान अनिल शाहले ७५ एन बनाए भने दिपेश दासले ५६ रन बनाएका थिए ।

यो जितपछि मधेश प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने कोशी प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ ।
      


Author

थप समाचार
x