क्रिकेट

पीएम कप: सुदूरपश्चिममाथि आर्मीको सहज जित

इकागज |
फागुन २८, २०८१ बुधबार १५:१ बजे

काठमाडौं - जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य पछ्याएको आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । 


आर्मीको जितमा सन्तोष कार्कीले ५५ रन बनाएका थिए । सन्तोषले लगातार दोस्रो खेलमा अर्ध शतक बनाएका छन् । उनले पहिलो खेलमा बागमतीविरुद्ध ७६ रन बनाएका थिए । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४५.३ ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल बोहोराले ४९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शहाब आलमले ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ विकेट लिएका थिए ।

यो जितपछि आर्मीको २ खेलमा ४ अंक भएको छ भने सुदूरपश्चिमको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।


Author

थप समाचार
x