क्यानको १९ महिला क्रिकेट खेलाडीसँग वार्षिक सम्झौता

फाइल फाेटाे
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।
क्यानले ए, बि, सी र डी गरि चार तहमा खेलाडीलाई वर्गीकरण गरेर खेलाडीसँग वार्षिक सम्झौता गरेको हो ।
क्यानले ए सूचीमा रहेका ४ महिला खेलाडीलाई प्रति महिना ५० हजार, बी सूचीमा रहेका एक खेलाडीलाई प्रति महिना ३५ हजार, सी सूचीमा रहेका २ जनालाई प्रति महिना २५ हजार र डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना २० हजार दिने जनाएको छ । क्यानले यो सूचीमा पहिलो ६ महिनापछि पूर्नमूल्याकंन गर्ने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया