क्रिकेट

पीएम कपमा आज दुई खेल हुँदै

इकागज |
चैत २, २०८१ शनिबार ६:५३ बजे

काठमाडौँ- जारी पीएम कपमा आज दुई खेल हुँदै छन् ।

आज नेपाल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ । जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले ३ खेलमा तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने मधेस प्रदेशले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।


त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तिनै खेलमा जित हासिल गरेर शीर्ष स्थानमा रहेको छ भने कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर पुछारमा रहेको छ । 
 
 


Author

थप समाचार
x