पीएम कप - कर्णालीको दोस्रो जित

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ ।
रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा मंगलबार भएको खेलमा कोशी प्रदेशलाई १ सय २७ रनले पराजित गर्दै कर्णालीले दोस्रो जित निकालेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो ।
कोशीका लागि चिराग साहले सर्वाधिक २५ रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गरेको थियो । कर्णालीका लागि अर्जुन घर्तीले नट आउट रहँदै सर्वाधिक ८८ रन जोडेका थिए ।
त्यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्यो । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गरेको थियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ६९ रन जोडेका थिए । जितसँगै बागमती ५ खेलमा ४ अंक जोडेको छ भने गण्डकीको ५ खेलमा २ अंक रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया