भारतसँग हारेका रुटले अष्ट्रेलियाका स्मिथलाई उछिने
फाइल फोटो
काठमाडौँ - इंग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारत विजयी भयो । लर्डसमा कप्तान जोय रुटले शतक बनाउँदा पनि इंग्ल्यान्ड भारतसँग १५१ रनले पराजित भयो । अन्तिम दिन भारतले २७२ रनको लक्ष्य दिएर इंग्ल्यान्डलाई १२० रनमै अलआउट गरेको थियो ।
केएल राहुलको शतक र मोहम्मद सिरजको ८ विकेटको मद्धतमा भारतले इंग्ल्यान्डमाथि लर्डसमा ऐतिहासिक रुपमा तेस्रोपटक जित निकाल्न सफल भएको हो । भारतसँग हार व्यहोरेपनि इंग्ल्यान्डका कप्तान जोय रुटले भने टेस्ट क्रिकेटतर्फ आफ्नो बरियता सुधार गरेका छन् ।
उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टेस्ट बरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । पहिलो र दोस्रो टेस्टमा लगातार शतक बनाएका रुटले अष्ट्रेलियाका स्टिभ स्थिमलाई पछि पारेका छन् । रुटको ८९३ रेटिङ छ भने स्मिथको ८९१ रेटिङ छ । ९०१ रेटिङसहित न्युजिल्यान्डका कप्तान केन विलियम्सन शीर्ष स्थानमा छन् । भारतीय टिमका कप्तान विराट कोहली भने ७७६ रेटिङसहित पाँचौ स्थानमा छन् । त्यसअघि अष्ट्रेलियाका मार्नुस लाबुसचेग्ने चौथो स्थानमा छन् ।
आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा बलिङतर्फ प्याट कुमिन्स शीर्ष स्थानमा कायमै छन् भने भारतका रविचन्दन आश्विन दोस्रो स्थानमा छन् । टेस्ट टिममा न्यूजिल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया