तेस्रो टेस्टमा भारतको खराब सुरुवात
कोहली ७ रनमा आउट, एन्डरसनको घातक बलिङ
काठमाडौँ - इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले खराब सुरुवात गरेको छ । लीड्समा टस जितेर ब्याटिङ रोजेको पाहुना टोली भारतले सुरुआतमै तीन विकेट गुमाएको हो । ओपनर केएल राहुल डकआउट हुँदा, चेतेश्वर पुजारा १ र कप्तान विराट कोहली ७ रनमा आउट भए ।
तीन वटै विकेट जेम्स एन्डरसनले लिएका हुन् । यो समाचार तयार पार्दासम्म भारतले ३ विकेट गुमाएर २६ रन बनाएको छ । खराब सुरुआत गरेपछि भारतको पहिलो पाली नै धरापमा परेको छ ।
क्रिजमा रोहित शर्मा र आजिन्क्या रहाणे सम्हालिएर ब्याटिङ गरिरहेका छन् । पाँच खेलको टेस्ट सिरिजमा भारत १–० ले अघि छ । वर्षाले पहिलो टेस्ट बराबरीमा सकिदा दोस्रो टेस्ट भारतले जितेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया