क्रिकेट

नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

इकागज |
भदौ ११, २०७८ शुक्रबार २०:९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । ओमानमा रहेका प्रशिक्षक ह्वाटमोरले इमेलबाट राजीनामा दिएका बताइएको छ । उनले व्यक्तिगत कारणले राजीनामा दिएका जनाइएको छ ।

नेपाली क्रिकेट टिम हाल विश्वकप डिभिजन २ क्रिकेट लिग अन्तर्गतको ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृंखला खेल्न ओमानमा छ । कोभिड-१९ र व्यक्तिगत कारण देखाउँदै उनले इमेलमार्फत राजीनामा पठाएका हुन् । 



Author

थप समाचार
x