क्रिकेट

पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीयमा नेपाल विजयी

इकागज |
भदौ २२, २०७८ मंगलबार १८:१७ बजे

फाइल फोटो

काठमाडौँ - पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । 
    
ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरेको थियो । पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्रै बनायो । नेपालले १३५ रनको लक्ष्य ३९ ओभर तीन बलमा ८ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गरे । यस्तै ओपनर ब्याट्सम्यान आशिफ शेखले ३० रन बनाए । उनले ४६ बलमा चार चौका हाने । 

नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । सो क्रममा उनले एक एक छक्का र चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुईरदुई तथा नोसिना पोकानाले एक विकेट लिए ।  


यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिएनन् । उनले कसिलो बलिङ गर्दै चार विकेट लिए ।  लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिए । 

पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बताए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक÷एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किए ।  
    
बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई÷दुई विकेट लिए । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गरेका सोबले पहिलो बलमै विकेट लिएका थिए । उनले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काएका थिए । यस्तै सोमपाल कामीले एक विकेट लिए ।  
    
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो । रासस 
 


Author

थप समाचार
x