क्रिकेट

आइपीएलले त्रिपाठीलाई सचेत गरायो

इकागज |
कात्तिक ३, २०७७ सोमबार १०:२५ बजे

आइतबार साझँ इन्डियन प्रिमियर लिगमा कोलकता नाइट राइडर्सको जितमा महत्वपुर्ण योगदान गरेका ब्याट्सम्यान राहुल त्रिपाठीलाई उनको ब्याटिङको बिषयमा सचेत गराइएको छ । आवुधाबीमा सनराइजर्स हैदरावादसँगको खेलमा उनको ब्याटिङले आइपीएलको आचार संहिता उल्लघंन गरेको बताइएको छ ।

‘त्रिपाठीले आइपीएलको पहिलो श्रेणीको आचार संहिता उल्लघंन गरेको पाइएको छ । यसका लागि म्याच रेफ्रीको निर्णय नै अन्तिम हुनेछ,’ आइपीएलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कोलकाताका लागि ओपनिङमा आएका त्रिपाठीले १६ बलमा २३ रन बनाउदै शुभनम गिलसँग ४८ रनको साझेदारी गरेका थिए ।


बिजयी टोली कोलकाताका लागि लोकी फर्गुशनको बलिङ पनि महत्वपूर्ण रह्यो । उनले सुपर ओभरमा डेभिड वारनर र अब्दुल सामदको विकेट लिए । खेल दौरान उनले लिएको पाँच विकेटको मद्दतले कोलकाताले आफ्नो अकं दश पुर्‍यायो । यता सनराइजर्स भने ६ अकंका साथ पाचौ स्थानमा छ । र उसले प्ले अफमा स्थान नबनाउने सम्भावना बढ्दो छ । यसअघि कोलकाताले पूर्ब कप्तान दिनेश कार्तिकको अविजित २९ र कप्तान इयोन मोर्गनको ३४ रनको मद्दतले १ सय ६३ रन बनाएको थियो । (एजेन्सी)       


Author

थप समाचार
x