क्रिकेट

आइसिसी टी-२० विश्वकप: नामिबियाको पहिलो जित, स्कटल्यान्ड ४ विकेटले पराजित

इकागज |
कात्तिक ११, २०७८ बिहीबार ६:४७ बजे

काठमाडौं - नामिबियाले आइसिसीटी-२० विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । बुधबार राति सुपर १२ को समूह-२ को खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पाएको नामिबियाले १९ ओभमर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍याे ।  

नामिबिया जितमा जेजे स्मित सर्वाधिक  ३२ रनमा अविजित रहे । ओपनर क्रेरग विलियम्स २३ र माइकल भ्यान लिङ्गेनले  १८ रन बनाए । त्यसअघि आबूधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । 


स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४४ रनको योगदान दिए । क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रन बनाए । नामिबिया रुबेन ट्रम्पलम्यानले  सर्वाधिक ३ विकेट लिए । जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले समान १ विकेट लिए । नामिबिया सुपर–१२ को समूह  २ मा सुरुवाती २ अंक जोड्दै तेस्रो स्थानमा छ । समूह १ मा इंग्ल्यान्ड २ खेल ४ अक बनाउँदै शीर्ष स्थानमा छ । 

यसअघि बुधबार भएको अर्को खेलमा इंग्ल्याण्डले लगातार दोस्रो जीत निकालेको थियो । इंग्ल्याण्ड बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x