आसिफ अलीको प्रशंसा गर्दै भारतका पूर्वक्रिकेटर
काठमाडौँ- टी–ट्वान्टी विश्वकपमा शनिबार पाकिस्तानले अफगानिस्तानलाई हराउँदा आसिफ अलीले तारिफयोग्य प्रदर्शन गरे । पास्तिानलाई अपराजित राख्न आसिफले चार छक्का प्रहार गरे । पाकिस्तानले न्युजिल्यान्डलाई पराजित गर्दा पनि आसिफको खेलको तारिफ भएको थियो । पाकिस्तानको दुवै जितमा आसिफ फिनिसर रहे ।
आसिफको प्रदर्शनको प्रशंसा विश्वभर नै भइरहेको छ । पाकिस्तानको प्रतिद्वन्द्वी देश भारतमा समेत आसिफको तारिफ गर्नेको संख्या कम छैन । उनको तारिफमा नाम चलेका पूर्वखेलाडीहरू पनि सामेल भएका छन् । भीभीएस लक्ष्मण, आकशा चोपडा र हरभजन सिंहले सामाजिक सञ्जालमा आसिफको प्रशंसा गरेका छन् ।
हुन त पाकिस्तानी टिम नै आसिफको प्रदर्शनबाट उत्साहित बनेको छ । ‘आसिफले जसरी खेलिरहेका छन्, यो अचम्मलाग्दो होइन । किनभने उनको कौशलबारे हामी पहिलाबाटै जानकार थियौँ । उनले पाकिस्तान प्रिमियर लिग (पीएसएल)मा धेरै पटक बलियो फिनिसङ गरेका छन् । आवश्यक परेका बेला आसिफले पाकिस्तानको उद्दार गर्छन् भन्नेमा हामी ढुक्क थियौँ,’ पाकिस्तानी कप्तान बाबर आजमले छिमेकी पाकिस्तानमाथिको जितपछि भने ।
‘आसिफ अलीले यो विश्वकपमा साँच्चै आत्मविश्वास देखाएका छन् । अन्तिममा चार छक्का प्रहार गरेर उनले आफू कुन स्तरको फिनिसर हो भनेर देखाएका छन्,’ हरभजन सिंहले सामाजिक सञ्जालमा लेखेका छन् ।
उता आकाश चोपडाले जारी विश्वकपमा पाकिस्तान पूर्ण टिम भएको र आसिफको वास्तवमै असाधारण खेलाडी भएको बताएका छन् । ‘लगातार दुई खेलमा आसिफ अलीको खेल कौशल देखिएको छ । उनी असाधारण खेलाडी हुन् । पाकिस्तान यो विश्वकपको पूर्ण टिम हो,’ आकाशले ट्वीटरमा लेखेका छन् ।
भीभीएस लक्ष्मणले पनि पाकिस्तान र अफगानिस्तानबीचको खेल तथा आसिफको प्रशंसा गरेका छन् । ‘खेल उत्तर्राद्धमा पुग्दै गर्दा पाकिस्तान धरमराएको थियो । तर आसिफले पाकिस्तानी इनिङ सम्हाले । अफगामनिस्तानले पाकिस्तानलाई सहजै जित्न दिएन । क्रिकेट प्रेमीका लागि यो खेल असाध्यै रोमाञ्चक रह्याे,’ भीभीएसले ट्वीटरमा लेखेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया