क्रिकेट

भारतीय टिममा धेरै परिवर्तन गरेमा नकारात्मक सन्देश जानेछ : गावस्कर

इकागज |
कात्तिक १४, २०७८ आइतबार १६:३१ बजे

काठमाडौँ- जारी टी–ट्वान्टी विश्वकपमा भारतले एउटा मात्रै खेल खेलेको छ । त्यो पनि चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग । जसमा भारतले १० विकेटको हार बेहो¥यो । छ दिनपछि भारतले आफ्नो दोस्रो खेल खेल्दैछ । दुबईमा हुने खेलमा भारतको विपक्षी हो, न्युजिल्यान्ड । संयोगवश न्युजिल्यान्ड पनि पाकिस्तानसँगै हारेको थियो । यस्तोमा हारले दुवै टिमको सेमिफाइनल लक्ष्यमा धक्का पुर्‍याउनेछ । 

पाकिस्तानसँग हारेपछि भारतीय टिम दबाबमा छ । समर्थक तथा विश्लेषकहरूले भारतीय टिमको पहिलो एघारमा परिवर्तन हुनु पर्ने माग राखिरहेका छन् । यस्तो मागसँग सुनिल गावस्कर पूर्ण रूपमा सहमत छैनन् । पहिलो एघारमा धेरै परिवर्तन गरे, यसको सन्देश नकारात्मक जाने बताएका छन्, गावस्करले । 


‘मलाई लाग्छ भारतको टिममा खासै परिवर्तन हुँदैन । एक हारका कारण टिममा परिवर्तन गर्दा सन्देश सकारात्मक जाँदैन । हुनसक्छ फिटनेसको समस्या भए हार्दिक पान्ड्याले आफ्नो स्थान गुमाउनेछन् । सायद योबाहेक परिवर्तन हुने सम्भावना छैन,’ गावस्करले खालिज टाइम्समा लेखेका छन् । 

उनले रोहित शर्मा र टे«न्ट बोउल्टबीचको भिडन्तले खेल थप रोमाञ्चक हुने अनुमान पनि गरेका छन् । पाकिस्तानसँगको खेलमा शाहिन अफ्रिदीको बलमा आउट भएका रोहितविरुद्ध कस्तो बलिङ गर्छन् भन्ने कुराले पनि खेलमा प्रभाव पार्ने बताएका छन्, रोहितले । 


Author

थप समाचार
x