क्रिकेट

टी-ट्वान्टी विश्वकप फाइनल

स्टार्कको दोस्रो ओभरमा विलियम्सनले हाने तीन चौका, बन्यो १९ रन

इकागज |
कात्तिक २८, २०७८ आइतबार २०:५२ बजे

काठमाडौँ - टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को फाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्ड खेलिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले पावर प्लेपछि आक्रामक ब्याटिङ थालेको छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको दोस्रो ओभरमा तीन चौका हिर्काएका छन् । त्यसमध्ये पहिलो चौका हान्दा ‘क्याच ड्रप’ भयो भने तेस्रो चौका हान्दा ‘नो बल’ थियो । 


१० ओभरको खेल चलिरहदा आफ्नो दोस्रो ओभर लिएर स्टार्क बलिङमा आए । उनी योर्कर फाल्ने भएकाले खतरानाक बलर मानिन्छन् । उनको ओभरको पहिलो बलमा विलियम्सन स्ट्राइकमा आए । पहिलो बलमा विलियम्सनले १ रन लिए ।

दोस्रो बलमा गुप्टिलले १ रन लिएर विलियम्सन स्ट्राइकमा आए । तेस्रो बलमा विलियम्सनले २ रन जोडे । स्टार्कले फालेको चौथो बलमा विलियम्सनले चौका हाने । त्यो चौका बाउन्ड्री लाइनमा रहेका जोश हेजेल्वुडको हातमा पुगेको थियो । तर उनले बल हातमा पुगेपनि त्यसलाई समात्न सकेनन् ।

बलले बाउन्ड्री छोयो । चौका बन्यो । विलियम्सनले जीवनदान पाए । स्टार्कको पाँचौ बलमा विलियम्सनले आकर्षक सट प्रहार गरेर फेरि चौका हाने । अन्तिम बलमा पनि विलियम्सनले चौका हाने । तर त्यो बल बलिङ मापदण्ड विपरित थियो ।

विलियम्सनले अन्तिम बलमा २ रन जोडे । स्टार्कको दोस्रो ओभरमा विलियम्सनले १८ रन बनाए । जम्मा १९ रन बन्यो । पहिलो विकेट गुमेपछि कमजोर देखिएको पावर प्लेलगत्तै विलियम्सनले इनिङ उकासे । तर ११ औ ओभरको पहिलो बलमा एडम जाम्पाले मार्टिन गुप्टिललाई २८ रनमा आउट गरे । ३५ बल खेलेका आक्रामक ओपनर गुप्टिलले ३ चौका मात्रै हाने । 


Author

थप समाचार
x