क्रिकेट

टी-ट्वान्टी विश्वकप फाइनल

फाइनलमा किवी कप्तान विलियम्सनको अर्धशतक

एकै ओभरमा बनाए सर्वाधिक २२ रन

इकागज |
कात्तिक २८, २०७८ आइतबार २१:२६ बजे

काठमाडौँ - दुबईमा चलिरहेको टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अर्धशतक बनाएका छन् । उनले संकटमा परेको आफ्नो टिमलाई उद्धार गर्दै शानदार अर्धशतक बनाएका हुन् ।

आक्रामक ब्याटिङ गरेका उनले मिचेल स्टार्कको तेस्रो ओभरमा सर्वाधिक २२ रन बनाएका थिए । जसमा उनले चार चौका हाने भने एक छक्का हिर्काए । त्यसअघि स्टार्ककै दोस्रो ओभरमा विलियम्सनले चीन चौकासहित १८ रन बनाएका थिए ।


४८ बलमा ८५ रन बनाएर आउट भएका किवी कप्तान विलियम्सनले १० चौका र ३ छक्का हाने । दुवै ओपनर आउट भएपछि दबाबमा परेको न्युजिल्यान्डलाई कप्तान विलियम्सनले आक्रामक रुपमा अर्धशतक बनाउँदै सम्मानजनक अवस्थामा पुर्याएका थिए ।


Author

थप समाचार
x