चार राष्ट्रिय खेलाडीलाई क्यानले सोध्यो स्पष्टीकरण
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिम (पुरुष) कप्तान ज्ञानेन्द्र मल्ल र उप–कप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई स्पष्टिकरण सोधेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार ज्ञानेन्द्र, दीपेन्द्रका आतिरिक्त सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि स्पष्टिकरण सोधिएको छ ।
क्यानले प्रदान गरेको ‘सेन्ट्रल कन्ट्रयाक्ट’का विषयमा सञ्चार माध्यममा जथाभावी प्रतिक्रिया दिएको आरोपमा यी चार खेलाडीलाई स्पष्टीकरण सोधिएको क्यानको भनाइ छ । ‘हामीले चार जना खेलाडीलाई तीन–चार दिनअघि स्पष्टीकरण सोधेका छौँ । हामीले इ–मेलमार्फत स्पष्टीकरण सोधेका हौँ । स्पष्टीकरण पत्र प्राप्त भएको सात दिनभित्र उत्तर लेखेर पठाउनु भनेका छौँ । उहाँहरूको जवाफ आएपछि क्यानले आफ्नो निर्णय सुनाउनेछ,’ क्यानका कार्यवहाक सचिव मल्लले भने ।
क्यानले अप्रिल, २०२१ देखि डिसेम्बर, २०२१ सम्मका लागि गरेको खेलाडी वर्गीकरणमा खेलाडीहरूले चित्त बुझाएका थिएनन् । यसै विषयमा उनीहरूले सार्वजनिक रुपमा टीप्पणी गरेको भन्दै क्यान असन्तुष्ट बनेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया