क्रिकेट

महिला क्रिकेटः कतारविरुद्ध नेपालको सजिलो जित

इकागज |
मंसिर १, २०७८ बुधबार १९:१३ बजे

काठमाडौँ- टी–ट्‍वान्टी श्रृंखला खेल्न कतार पुगेको नेपाली महिला क्रिकेट टिमले बुधबार दोस्रो जित हासिल गरेको छ । नेपालले घरेलु टिमलाई ६१ रनले पराजित गरेकाे हाे । दाेस्राे जितसँगै नेपालले श्रृंखलामाथि कब्जा जमाउन सफल भयाे । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाली टिम ११९ रनले विजयी भएको थियो । 

बुधबार वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । कप्तान रुविना क्षेत्रीको अर्धशतकको सहयोगमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल तयार पार्‍यो । जवाफी ब्याटिङ गरेको कतार १९.३ ओभरमा ६८ रनमै सीमित भयो । 


नेपालको जितमा रुविनाले ४८ बलमा ५० रन बनाएकी थिइन् । जसमा एक छक्का र चार चौका सम्मिलित थियो । त्यसअघि ओपनर कविता कुवँरले ३१ रन जोडेकी थिइन् । उनकी साझेदार ज्योती पान्डे भने ६ रनमै पभेलियन फर्किइन् । नेपालका लागि उल्लेखिय रन बटुल्ने अर्की ब्याट्सवुमन बनिन्, अप्सरी बेगम । अविजित रहेकी अप्सरीको नाममा २३ रन रह्यो । 

बलिङतर्फ कतारकी एन्जेलिन मारेले दुई विकेट हात पारिन् । यसैगरी, अलिना खान, सबिजा पन्यान र साची ढाडवालले एक–एक विकेट लिए । 

कतारका लागि कप्तान आयशाले सर्वाधिक २४ रन बनाइन् । उनीपछि धेरै रन लिने खेलाडी केरी पौउनसेट बनिन् । उनको नाममा १५ रन रह्यो । 

पाहुना टिमका तर्फबाट सरस्वती कुमारीले आठ रन खर्चेर चार विकेट लिइन् भने कप्तान रुविनाले दुई विकेट हात पारिन् । यसैगरी, सबनम राई, संगिता राई र कविता जोशीले एक–एक विकेट लिए ।   
 


Author

थप समाचार
x