बंगलादेशमा पाकिस्तानको क्लिन स्विप
काठमाडौँ- बंगलादेश भ्रमणमा रहेको पाकिस्तानले घरेलु टिमविरुद्धको दोस्रो टेस्ट पनि जितेको छ । पाकिस्तानले बुधबार ढाकामा बंगलादेशलाई एक इनिङ्ग्स र आठ रनले पराजित गरेको हो । पाकिस्तानले पहिलो टेस्ट आठ विकेटले जितेको थियो । यससँगै पाकिस्तानले टेस्ट श्रृंखला त २–० ले जित्यो नै समग्र भ्रमणमै हार बेहोरेन । नोभेम्बर १९ देखि २२ सम्म खेलिएका तीन टी–ट्वान्टी खेलमा पनि पाकिस्तान नै विजयी बनेको थियो ।
दोस्रो टेस्टमा पाकिस्तानलाई जित दिलाउन साजिद खानको भूमिका उल्लेख्य रह्यो । उनले दोस्रो इनिङ्ग्समा चार विकेट हात पारे । पहिलो इनिङ्ग्समा उनले आठ विकेट लिएका थिए । बंगलादेशलाई हराउने क्रममा पाकिस्तानी कप्तान बाबर आजमसमेतले एक विकेट लिए । यो विकेट उनको टेस्ट करियरमा दोस्रो विकेट हो ।
बंगलादेशी इनिङ्ग्स सम्हालिरहेका मुस्फिकर रहिम र शबि अल हसनलाई आउट गरेसँगै पाकिस्तान जित नजिक पुगेको थियो । मुस्फिकरले लिटोन दास र शकिबसँग मिलेर बंगलादेशको आशा जीवित राख्ने प्रयास गरेका थिए । मुस्फिकरले ४८ रन जोडे । उनीसँग शकिबले ४९ रनको साझेदारी गरे । त्यसअघि लिटोनले ४५ रन बनाएका थिए । दोस्रो इनिङ्ग्समा बंगलादेश २०५ रनमै सीमित भयो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया