क्रिकेट

अफगानिस्तानले भारतसँग तीन ओडीआई खेल्ने

इकागज |
मंसिर २८, २०७८ मंगलबार १६:४९ बजे

काठमाडौँ- अफगानिस्तानले भारतसँग एक दिवसीय श्रृंखला खेल्ने भएको छ । अफगानिस्तानको क्रिकेट बार्ड (एसीबी)ले सन् २०२२ र २०२३ का लागि सार्वजनिक गरेको खेल तालिका अनुसार अफगानिस्तानले भारतसँग तीन ओडीआई खेल्नेछ । यी खेल मार्च, २०२२ मा भारतीय भूमिमै हुने बताइएको छ । 

आगामी दुई वर्षमा अफगानी टिमले ३७ ओडीआई, १२ टि–ट्वान्टी र तीन टेस्ट खेल्ने छ । यसैगरी अफगानिस्तानले सन् २०२२ मा एसिया कप र आईसीसी टि–ट्वान्टी विश्वकप खेल्नेछ भने सन् २०२३ मा ५० ओभरको विश्वकपमा सहभागिता जनाउनेछ । 


अफगानिस्तानले नेदरल्यान्ड्ससँग एक दिवसीय श्रृंखला खेल्दै नयाँ वर्ष (सन् २०२२)को सुरुवात गर्नेछ । अनि वर्षको अन्त्यमा चाहिँ जिम्बावेसँग आमनेसाने हुनेछ । 
 


Author

थप समाचार
x