क्यानको साधारणसभा स्थगित
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो साधारणसभा स्थगित गरेको छ । बिहीबार साँझ विज्ञप्ति जारी गर्दै क्यानले पुष १४ र १५ गते धनगढीमा गर्ने भनेको साधारणसभा स्थगित भएको जानकारी दिएको हो । क्यान नेतृत्वसँग रुष्ट रहेका ६ केन्द्रीय सदस्यले साधारणसभा रोक्नु पर्ने माग राखिरहेका थिए ।
क्यानको सदस्य रहेका २० जिल्लामा अधिवेशन नभइसकेकाले क्यानको साधारणसभा रोक्नुपर्ने माग उठेको थियो । यही विषयलाई मध्यनजर गर्दै साधारणसभा स्थगित गरेको क्यानले बताएको छ । धनगढीमा हुने भनिएको साधारणसभामा उपाध्यक्ष र सचिवको पदमा निर्वाचन समेत हुने तालिका थियो । उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले दुई महिनाअघि राजीनामा दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया