कोहली ३५ रनमा आउट, राहुलको शतक
काठमाडौँ : दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतीय टिमका कप्तान विराट कोहली ३५ रनमा आउट भएका छन् । सेन्चुरियनमा टस जितेर भारतले ब्याटिङ गर्दा चौथो नम्बरमा ब्याटिङ गर्न आएका कोहली ३५ रन जोडेर आउट भएका हुन् ।
उनलाई दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी नेग्डीले आउट गरेका हुन् । ९४ बलको सामना गरेका कोहलीले ४ चौका प्रहार गरे । पछिल्लो दुई वर्षयता शतक बनाउन नसकेका कोहली दक्षिण अफ्रिका भ्रमणमा आत्मविश्वासी देखिएका थिए ।
तर पहिलो पालीमा उनले अर्धशतक पनि पूरा गर्न सकेनन् । कोहली आउट भएपनि ओपनर केएल राहुलले धने शतक प्रहार गरेका छन् ।
२२० बलको सामना गरेका राहुलले १४ चौका र १ छक्कासहित शतक बनाएका हुन् । अर्का ओपनर मयंक अग्रवालले अर्धशतक बनाए । अग्रवाल ६० रनमा आउट हुँदा चेतेश्वर पूजारा भने खाता नखोली पेभेलिएन फर्किए ।
घरेलु टोली दक्षिण अफ्रिकाका लुंगी नेग्डीले तीन विकेट लिएका छन् । पहिलो टेस्टको पहिलो पालीमा भारतले राम्रो सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म भारतले ३ विकेट गुमाएर २४४ रन बनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया