क्रिकेट

दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा कोहली अनुपस्थित, हनुमान बिहारी पहिलो एघारमा

इकागज |
पुस १९, २०७८ सोमबार १४:७ बजे

काठमाडौँ- भारतीय टेस्ट टिमका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् । जोहानेसबर्गमा सोमबारबाट सुरु दोस्रो टेस्टमा कोहलीको सट्टा केएल राहुलले भारतीय टिमको कप्तानी गरिरहेका छन् । कोहली ढाडको समस्याका कारण मैदानबाहिर रहने भएका हुन् । 

‘विराटको अपर ब्याकमा मसल स्पाजमको समस्या देखिएको छ । यसकारण उनी यो टेस्टका लागि उपलब्ध छैनन् । उनी तेस्रो टेस्टका लागि टिममा हुनेछन् भन्ने आशा राखेका छौँ,’ टसका बेला राहुलले भने । कोहलीको स्थानमा हुनमान बिहारीलाई पहिलो एघारमा राखिएको छ । 


कोहलीले भारतीय टिमका लागि ९८ टेस्ट खेलिसकेका छन् । दक्षिण अफ्रिाकामा उनले १०० औँ टेस्ट पूरा गर्ने अपेक्षा गरिएको थियो । तर जोहानेसबर्गमा सुरु भएको दोस्रो टेस्ट गुमाएपछि केपटाउनमा हुने तेस्रो टेस्टमा उनले एक सय टेस्ट पूरा गर्ने सम्भावना सकिएको छ ।  


Author

थप समाचार
x