भारत २०२ रनमा अलआउट
काठमाडौँ - दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारत २०२ रनमा अलआउट भएको छ । चोटका कारण विराट कोहलीले गुमाएको जोहानेसवर्ग टेस्टमा भारतले टस जितेर ब्याटिङ थालेको थियो ।
भारतका लागि कार्यवाहक कप्तान केएल राहुलले अर्धशतक बनाउँदा रविचन्दन आश्विनले ४६ रन जोडे । बाँकी ब्याटरले खुलेर रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका मार्को जेनसेनले ४ विकेट लिए । यस्तै कागिसो रबाडा र डुन्नी ओलिभियरले समान तीन/तीन विकेट लिए ।
तीन खेलको टेस्ट क्रिकेट श्रृङ्खलामा भारत १-० ले अघि छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया