क्रिकेट

तेस्रो एकदिवसीय क्रिकेट:

पन्त र आयरको शतकीय साझेदारी

इकागज |
माघ २८, २०७८ शुक्रबार १७:१ बजे

वेष्ट इण्डिजविरुद्ध ब्याटिङ गर्दै पन्त र आयर । फोटो : बीसीसीआई

काठमाडौँ : वेष्ट इण्डिजविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा भारतका लागि ऋषभ पन्त र श्रेयास आयरले महत्वपूर्ण शतकीय साझेदारी गरेका छन् । दुवैले व्यक्तिगत रुपमा अर्धशतक पूरा गर्दै चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका हुन् ।

३ विकेट गुमाएर ४२ रनको नाजुक अवस्थामा रहेको भारतलाई पन्त र आयरले चौथो विकेटका लागि ११० रनको साझेदारी गर्दै १५२ रनको अवस्थामा पुर्याएका थिए । पन्त व्यक्तिगत रुपमा ५६ रनमा आउट हुँदा आयरले टिमको संकटपूर्ण अवस्थामा ८० रनको योगदान दिए ।


कप्तान रोहित शर्मा १३ रन, शिखर धवन १० रन र विराट कोहली डकआउट हुँदा भारतको ओपनिङ खराब बनेको थियो । मुख्य खेलाडी नै आउट भएपछि कठिन अवस्थामा रहेको घरेलु टोलीलाई दुवै युवा ब्याटरले उद्धार गरेका थिए ।

यो समाचार तयार पार्दासम्म भारत ३८ ओभरमा ६ विकेट गुमाएर १९० रनको अवस्थामा छ । वेष्ट इण्डिजका अल्जारी जोशेफ र हैडेन वालशले समान दुई दुई विकेट लिएका छन् । तीन खेलको एकदिवसीय श्रृङ्खला भारतले यसअघि नै २–० ले जितिसकेको छ । 


 


Author

थप समाचार
x