चारदेशीय टी-ट्वान्टी श्रृङ्खला
ब्याटिङमा नेपालको खराब सुरुवात
दुबै ओपनर सस्तैमा आउट
काठमाडौँ : चारदेशीय टी-ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले खराब सुरुवात गरेको छ । ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आफ्ना दुवै ओपनर ब्याटर सस्तैमा गुमाएको छ ।
ओपनर प्रदीप ऐरी ४ रन बनाएर आउट हुँदा आसिफ शेख १४ रनमा आउट भए । आसिफले २ चौका हानेर आक्रामक खेल्ने प्रयास गरेपनि उनी क्रिजमा जम्न सकेनन् । नेपालका दुबै ओपनर ब्याटरलाई ओमानका केल्लीमुल्लाहले आउट गरेका हुन् । नेपालले यो समाचार तयार पार्दासम्म ३ विकेट गुमाएर ६३ रन बनाएको छ ।
ज्ञानेन्द्र मल्ल पनि १३ रन बनाएर केहीबेरअघि आउट भएका छन् । यसअघि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । बलिङमा नेपालले राम्रो प्रदर्शन गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया