आइपीएलमा बिकेनन् सुरेश रैनादेखि स्टिभ स्मिथसम्म
फाइल फोटो
काठमाडौँ : आगामी आइपीएलमा केही चर्चित अनुहार नबिकेपछि चर्चा चुलिएको छ । न्युनतम मूल्य २ करोड भारु तोकिएपनि चेन्नेइका सुरेश रैनादेखि दिल्लीका स्टिभ स्मिथसम्म यसपटक बिकेनन् ।
उनीहरु दुबैको मूल्य २ करोड भारु थियो । यस्तै यसपटकको आइपीएलमा उमेश यादव, साम बिलिङ्स, ऋद्धिमान शाह, म्याथ्यु वाडे, मोहम्मद नाबी, सकिब अल हसन र डेभिड मिलर पनि बिक्न सकेनन ।
उनीहरु आइपीएलमा नबिकेपछि उनीहरुको टी–क्रिकेट प्रदर्शन खस्किएको अनुमान गर्न सकिन्छ । केही वर्षअघिसम्म चर्चित र महंगो मूल्यमा बिक्री भएका रैना र स्मिथलाई यस वर्ष कुनै पनि टिमले किन्न चाँसो देखाएनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया