क्रिकेट

आइपीएल अक्सन

श्रेयास आयर कोलकत्ताको कप्तान बन्ने चर्चा

इकागज |
माघ २९, २०७८ शनिबार १८:५४ बजे

काठमाडौँ : आइपीएलमा दिल्ली क्यापिटल्सलाई फाइनलमा पुर्याएका श्रेयास आयरलाई कोलकत्ता नाइट राइडर्सले किनेको छ । आयरलाई कोलकत्ताले १२ करोड २५ लाख भारुमा किनेको हो ।

आयर कोलकत्ता पुगेपछि कप्तान बन्ने चर्चा चलेको छ । कोलकत्ताका कप्तान तथा विकेटकिपर ब्याटर दिनेश कार्तिकलाई बेंग्लोरले किनेपछि आयर सम्भावित कप्तानका रुपमा हेरिएका छन् ।


गएको वर्ष कोलकत्ता व्यवस्थापक टिमले कार्तिकबाट इयोन मोर्गनलाई कप्तानको जिम्मेवारी दिइएको थियो । मोर्गनले टिमलाई फाइनल समेत पुर्याएका थिए । तर उपाधि भने चेन्नेईले जित्यो । मोर्गन नचलेपनि उनको रणनीतिले राम्रो काम गरेको थियो । तर टिमका मालिक उनीबाट खुशी देखिएका छैनन । 

दुई वर्षअघि आयर दिल्लीको कप्तान बन्द टिमलाई फाइनल पुर्याएका थिए । फाइनलमा मुम्बईसँग दिल्ली पराजित भयो । गएको वर्ष दिल्लीले आयरलाई हटाएर रिषभ पन्तलाई कप्तान बनाएको थियो । यस वर्ष पनि पन्त नै कप्तान बन्ने भएपछि दिल्लीले आयरलाई रिलिज गरेको हो ।

ट्वीटरमै हर्वजन सिंहले आयरलाई कोलकत्ताको कप्तान भन्दै चर्चा सुरु गरेका हुन् । 


Author

थप समाचार
x