क्रिकेट

आयरल्याण्डको तीन विकेट गुम्यो, नेपालकाे उत्कृष्ट सुरुआत

इकागज |
फागुन २, २०७८ सोमबार १६:१९ बजे

काठमाडौं– ओमानमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ। पाँच ओभरमै नेपाललाई तीन सफलता मिलेको हो। खेल अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध पहिले बलिङ गरिरहेको छ। 

नेपाललाई पहिलो सफलता कमलसिंह ऐरीले दिलाए । उनले आयरल्याण्डका खतरनाक ब्याटर पौल स्टर्लिङलाई बोल्ड गरे ।  यस्तै चौथो ओभरमा जितेन्द्र मुखियाले निकै ग्यारेथ डेलेनीलाई कट एण्ड बोल्ड गरे। त्यस्तै अर्काे अभिनाश बाेहराले लिए ।  एन्डी बालबर्नीलाई उनले १९ रनमा बोल्ड आउट गरेका हुन्।


टेष्ट मान्यता पाएको आयरल्याण्डसँग जारी खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङको निर्णय लिएका हुन्। 
 


Author

थप समाचार
x