क्रिकेट

आयरल्याण्डसँग नेपाल १६ रनले पराजित

इकागज |
फागुन २, २०७८ सोमबार १८:५९ बजे

काठमाडौं– ओमानमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको खेलमा आयरल्याण्डसँग नेपाल १६ रनले पराजित भएको छ । ओमनको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध पहिले बलिङ थियो । 

आयरल्याण्डले १२७ रन बनायो । विजयीका लागि १२८ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर लक्ष्य नभेट्दै अलआउट भयो ।


नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन मात्रै बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३० बलमा सर्वाधिक २८ रन बनाए ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४.१ ओभरमा २६ रनको साझेदारी गरेका थिए । कुशल ब्यारी म्याकर्थीको बलमा दील स्कुप सट खेल्ने धुनमा बोल्ड भए।

युवा ब्याटर लोकेश बम मार्क आदिरको छैटौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा जर्ज डोकरेलबाट ६ क्याच आउट भए। स्पिनर एन्डी म्याकबर्नीको बलमा ठूलो सट खेल्नेक्रममा डिप मिडविकेटमा डोकरेलबाट क्याच भए। आसिफले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
 


Author

थप समाचार
x