क्रिकेट

क्यानाडा १५ ओभरमा अलआउट, नेपाललाई ८१ रनको सामान्य लक्ष्य

इकागज |
फागुन ९, २०७८ सोमबार १७:८ बजे

काठमाडौं–टस हारेर बलिङ गरेको नेपाललाई क्यानाडाले सामान्य लक्ष्य दिएको छ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडा १५ ओभरमा अलआउट हुँदै नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको हो ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भयो ।


नेपाललाई सफलता दिलाउन कप्तान सन्दीप लामिछानेले ३, कमलसिं ऐरीले २, अभिनाश बोहराले २ विकेट हात पारे । कुशल मल्लकाे नाममा एक  विकेट रह्याे

क्यानाडाका लागि डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे ।  कप्तान नभनित धलिवालले १८ रनकाे योगदान गरे  । रयान पठानले १४ रन जाेडे ।


Author

थप समाचार
x