क्रिकेट

क्यानाडालाई ८ विकेटले हराउँदै नेपाल विश्वकप छनौटको सेमिफाइनलमा

इकागज |
फागुन ९, २०७८ सोमबार १८:१४ बजे

काठमाडाैँ – आइसिसि टि–ट्वेन्टी विश्वकप छनौट अन्तर्गत नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा क्यानडालाई हराएको नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो । 

क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेटाएको हो । नेपालका लागि कुशल भुर्तेलले ३३ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २७ रन जोडे । ओपनर आरिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल गोल्डेन डकआउट हुन पुगे । 


यसअघि टस हारेर बलिङ गरेको नेपाललाई क्यानडाले १५ ओभरमा अलआउट हुँदै नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको थियो । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भयो ।

नेपाललाई सफलता दिलाउन कप्तान सन्दीप लामिछानेले ३, कमलसिंह ऐरीले २, अभिनाश बोहराले २ विकेट हात पारे । कुशल मल्लको नाममा एक  विकेट रह्यो । 

क्यानडाका लागि डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे ।  कप्तान नभनित धलिवालले १८ रनको योगदान गरे  । रयान पठानले १४ रन जोडे ।

जितसँगै नेपाल विश्वकप छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गतको खेलमा भोली नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग खेल्ने छ । अर्को सेमिफाइनलमा आएरल्याण्ड र ओमानबीच खेल हुनेछ । फाइनल पुग्ने २ टोलीले अष्ट्रेलियामा हुने २०२२ को टि–ट्वेन्टी विश्वकप खेल्नेछन् ।


Author

थप समाचार
x