टी-ट्वान्टी विश्वकप छनौट
नेपालको खराब सुरुवात : आसिफ, कुशल र आरिफ आउट
फाइल फोटो
काठमाडौँ : आइसीसी टी–ट्वान्टी विश्वकप छनौटमा युएईविरुद्धको निर्णायक खेलमा नेपालले खराब सुरुवात गरेको छ । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभरमा ४ विकेट गुमाएर मात्रै ६६ रन बनाएको छ । जबकी पहिलो इनिङमा युएईले १० ओभरमा ९६ रन जोडेको थियो ।
नेपालको सुरुवात निकै खराब रह्यो । आसिफ शेख शून्यमा आउट हुँदा अर्का भरपर्दा ओपनर कुशल भुर्तेल पनि ७ रनमै आउट भए । कुशलले फिलिपिन्सविरुद्ध करियरको पहिलो अन्तर्राष्ट्रिय शतक बनाएका थिए ।
तेस्रो नम्बरमा क्रिजमा आएका विष्फोटक ब्याटर लोकेश बम पनि शून्यमा आउट भए । जबकी सोमबार मात्रै क्यानडालाई हराएलगत्तै प्रशिक्षक पुबुदुले लोकेशलाई छक्का हान्न सिकाएका थिए । ‘पावर हिटर’का रुपमा तेस्रो नम्बरमै क्रिजमा पठाइएका लोकेश खाता खोल्न नसकी आउट भएपछि नेपालको ब्याटिङ धराशयी भएको छ ।
केही समय टिकेपनि आरिफ शेख ११ रनमै आउट भए । अब नेपालको भरोसा दीपेन्द्रसिंह ऐरीमा मात्रै छ । युएईका जुनैद सिद्धिकीले ३ विकेट लिएका छन् । ओमानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको छ । उसका लागि ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए ।
युएईविरुद्धको खेल जिते नेपाल फाइनलसँगै आउँदो वर्ष अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा छनौटमा हुनेछ । तर खराब सुरुवातले नेपाललाई लक्ष्य भेटाउन मुश्किल भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया