ओमानले नेपाललाई दियो ८८ रनको लक्ष्य
फाइल फोटो
काठमाडौँ : आइसीसी विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल तयार पार्यो ।
ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक २१ रन बनाएर । आयन खान १६ रन र नासिम खुसी १५ रन जोडेर पभेलियन फकिँदा नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १३ रन खचिँदै सर्वाधिक तीन विकेट लिए । कमल ऐरी, आरिफ शेख, अविनास बोहरा, सागर ढकालले समान एक विकेट लिए ।
छनोटअन्तर्गत सेमिफाइनलमा पराजित भएपछि दुबै टोलीको अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको थियो । त्यसअघि नेपाल समूह ‘बी’ को विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइलनमा स्थान बनाएका थिए ।
सेमिफाइनलमा जित निकालेसँगै यूएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् । यी दुईले आजै उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया