क्रिकेट

ललितपुर मेयर महिला च्याम्पियनसिप : एपीएफकाे लगातार तेस्रो जित

इकागज |
फागुन १३, २०७८ शुक्रबार १३:३४ बजे

काठमाडौं- एपीएफ क्लबले शुक्रबार ललितपुर मेयर्स-११ महिला टोलीलाई सात विकेटले हराउँदै ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे। एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ५६ रन जोडिन् । यस्तै, रोमा थापाले ११ रन बनाइन् । ललितपुरकी अनुराधा चौधरीले एक विकेट लिइन्।


यसअघि टस जितेर ब्याटिङमा आएको ललितपुर निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो । ललितपुरकी सुमन खतिवडाले सर्वाधिक ३० रनको योगदान गरिन्।  यस्तै, आरती बिडारीले २१ र कप्तान सरस्वतीकुमारीले नौ रन बनाइन्।

एपीएफकी करुणा भण्डारी र सुमन विष्टले एक विकेट लिए। प्रतियोगितामा तीन खेल खेलेको एपिएफ ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समान तीन खेलमा पराजित ललितपुर तालिकाको पुछारमा छ। 


Author

थप समाचार
x