क्रिकेट

ब्याटिङ र बलिङले तरंग ल्याएका विश्वका ६ उत्कृष्ट अलराउन्डर

ब्याटिङ-र-बलिङले-तरंग-ल्य

इकागज |
फागुन २४, २०७८ मंगलबार १७:५९ बजे

काठमाडौँ– क्रिकेट यस्तो खेल हो, जसमा टिमका हरेक खेलाडीले खेल जित्नको लागि कडा मिहेनेत गर्नुपर्ने हुन्छ । जुन टोलीमा सबैभन्दा धेरै र उत्कृष्ट अलराउन्डर छन्, त्यो टोली सधैं विपक्षी टोलीभन्दा एक कदम अगाडि हुन्छ ।

क्रिकेट फ्यानहरूका लागि, ‘महान खेलाडी’का बारेमा बहसले कहिल्यै अन्त्य नहुन सक्छ । क्रिकेटमा सबैभन्दा बलियो टोली बन्न अलराउन्डरको आवश्यक पर्दछ । जसले ब्याट र बलले टिमको लागि चमत्कार गर्न सक्छ । जुन टोलीमा उत्कृष्ट अलराउन्डर हुन्छ, त्यो टोलीको खेल जित्ने सम्भावना बढी हुन्छ ।

यही कारणले गर्दा आजको क्रिकेटमा हरेक टोली दुईदेखि तीन जना अलराउन्डर लिएर मैदानमा आउँछन् । अहिले हरेक टिममा इंग्ल्यान्डको टोलीमा बेन स्टोक्स, भारतीय टोलीमा हार्दिक पाण्डेय र बंगलादेशसँग शकिब अल हसन जस्ता उत्कृष्ट अलराउन्डर छन् ।

आज हामी ६ अलराउन्डर खेलाडीको बारेमा चर्चा गर्दैछौं । कतिपयलाई क्रकेटबाट शन्यास लिएर पनि खेलप्रेमीले बिर्सन सकेका छैनन् । कतिपय अहिले पनि खेल जीवनमा सक्रिय छन् ।

ज्याक कालिस (दक्षिण अफ्रिका)
जब पनि अलराउन्डरको कुरा आउँछ, दिमागमा पहिलो नाम आउँछ ज्याक कालिसको । यो सूचीमा कालिस पनि शीर्ष स्थानमा छन् । हातमा ब्याट छ भने उत्कृष्ट पारी खेल्ने र हातमा बल छ भने विपक्षीलाई तहसनहस बनाउने क्षमता थियो, उनीसँग ।

उनले आफ्नो पहिलो टेस्ट १४ डिसेम्बर १९९५ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । कालिसले आफ्नो वानडे करियरमा ३२८ खेल खेलेका छन् । जसमा ४४ दशमलव ३६ को प्रभावशाली औसतमा ११ हजार ५७९ रन बनाएका थिए ।

कालिसले आफ्नो वानडे करियरमा १७ शतक र ८६ अर्धशतक पनि बनाएका छन् । बलिङका क्रममा कालिसले एकदिवसीय करियरमा २७३ विकेट पनि लिएका थिए । आफ्नो टेस्ट करियरलाई हेर्दा कालिसले यसमा १६६ टेस्ट खेलेका छन् ।

जसमा ५५ दशमलव ३७ को औसतमा १३ हजार २८९ रन बनाएका छन् । आफ्नो टेस्ट करियरमा कालिसले ४५ शतक र ५८ अर्धशतक बनाएका थिए भने २९२ विकेट लिन सफल पनि थिए ।

शान पोलक (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकी टोलीका सबैभन्दा छिटो र सफल बलर शान पोलक विश्वका उत्कृष्ट अलराउन्डर मध्येका एक हुन् । पोलकले १६ नोभेम्बर १९९५ मा इंग्ल्यान्डविरुद्ध टेस्ट डेब्यू गरेका थिए । पोलकले आफ्नो टेस्ट करियरमा कुल १०८ खेल खेले । जसमा उनले आफ्नो नाममा ४२१ विकेट लिएका छन् । योसँगै उनले आफ्नो टेस्ट करियरमा ३२ दशमलव ३२ को औसतमा तीन हजार ७८१ रन बनाएका छन् ।

पोलकले आफ्नो टेस्ट करियरमा दुई शतक र एक अर्धशतक पनि समावेश गरेका छन् । आफ्नो एकदिवसीय करियरको कुरा गर्दा पोलकले ३०३ ओडीआई खेल्दै ३९३ विकेट लिएका थिए भने पाँच पटक एक खेलमा पाँचभन्दा बढी विकेट लिन सफल पनि थिए ।

पोलकले आफ्नो वानडे करियरमा २६ दशमलव ४५ को औसतमा तीन हजार ५१९ रन बनाए । पोलकले एकदिवसीयमा एक शतक र १४ अर्धशतक पनि बनाएका छन् ।

इमरान खान (पाकिस्तान)
यो सूचीमा पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि परेका छन् । उनको कप्तानीमा पाकिस्तानले सन् १९९२ मा एकदिवसीय विश्वकप जितेको थियो । इमरान खानले ३ जुन १९७१ मा इंग्ल्यान्डविरुद्ध टेस्ट डेब्यू गरेका थिए ।

इमरान खानले आफ्नो टेस्ट करियरमा ८८ टेस्ट खेलेर ३६२ विकेट लिएका छन् । ब्याटिङ गर्दा ३७ दशमलव ६९ को औसतमा तीन हजार ८०७ रन बनाए । इमरान खानको नाममा टेष्टमा ६ शतक र १८ अर्धशतक रहेको छ ।

आफ्नो वानडे करियरको कुरा गर्दा उनले १७५ खेल खेले जसमा २६ दशमलव ६१ को औसतमा १८२ विकेट लिन सफल भए । आफ्नो एकदिवसीय करियरमा इमरान खानले एक शतक र १९ अर्धशतक सहित तीन हजार ७०९ रन बनाएका थिए ।

कपिल देव (भारत)
भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान मध्येका एक हुन्, कपिल देव । कपिल देवले आफ्नो कप्तानीमा भारतलाई सन् १९८३ मा विश्वकपको उपाधि दिलाएका थिए । तयो समयमा भारत सरकारले उनलाई गरेको सम्मान अविश्मरणीय छ ।

कपिल देवले आफ्नो वानडे र टेस्ट करियर अक्टाेबर १९७८ मा सुरु गरेका थिए । कपिलले पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए । टेष्ट करियरमा कपिलले १३१ टेस्टमा ३१ दशमलव ०५ को औसतमा पाँच हजार २४८ रन बनाएका छन् ।

यस क्रममा कपिलले आठ शतक र २७ अर्धशतक प्रहार गरेका छन् । बलिङमा पनि कपिल देव सधैं टेस्टमा अगाडि छन्, कपिलले टेस्ट करियरमा ४३४ विकेट लिएका छन् । जसमा उनले २३ पटक पाँच वा सोभन्दा बढी विकेट आफ्नो नाममा लिएका छन् ।

शाहिद अफ्रिदी (पाकिस्तान)
यो सूचीमा पूर्व पाकिस्तानी स्टार अलराउन्डर शाहिद अफ्रिदी पनि परेका छन् । अफ्रिदीले करियरमा ५२४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अफ्रिदीले आफ्नो करियरमा ११ हजार १९६ रन बनाएका छन् भने ५४१ विकेट लिएका छन् । अफ्रिदी वानडे क्रिकेटमा आठ हजारभन्दा बढी रन र ३५० भन्दा बढी विकेट लिने एकमात्र अलराउन्डर हुन् ।

अफ्रिदीले वानडे खेलका ३९८ खेलमा आठ हजार ६४ रन बनाएका छन् भने अर्कोतर्फ ३४ दशमलव ५१ को औसतमा ३९५ विकेट लिएका छन् । उनी वानडे क्रिकेटमा पाकिस्तानका लागि चौथो सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

शकिब अल हसन (बंगलादेश)
बंगलादेशका महान अलराउन्डर शकिब अल हसनको अहिले पनि क्रिकेटमा सक्रिय छन । सक्रिय खेलाडीहरूमा शकिब एक उत्कृष्ट अलराउन्डर हुन् । उनको नाममा अहिलेसम्म करियरमा १० हजारभन्दा बढी रन र ५०० भन्दा बढी विकेट छन् ।

शकिबले अहिलेसम्म कुल ३७१ खेल खेलेका छन् । जसमा उनको नाममा १२ हजार ५८३ रन छ भने ६१४ विकेट लिएका छन् ।

यो प्रक्रिया अझै जारी छ र यी तथ्याङ्कहरू बलियो हुँदै छन् । शाकिबले टी–२० क्रिकेटमा आफ्नो ४०० विकेट पनि पूरा गरेका छन् । पुरुष टी–२० मा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पाँचौं बलर बनेका छन् ।



Author

थप समाचार
x