क्रिकेट

युएईविरुद्ध नेपालको खराब प्रदर्शन, चार ब्याटर पभेलियन फर्किए

इकागज |
चैत ७, २०७८ सोमबार १६:२३ बजे

काठमाडौं – संयूक्त अरब इमिरेट्स (यूएई)को दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुआत गरेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले अहिले २०३ रनको लक्ष्य पछ्याइरहेको छ ।

खेलको दोस्रो इनिङमा नेपालको प्रदर्शन खराब छ । नेपालका लागि सुरुआती चार ब्याटर पभेलियन फर्किसकेका छन् ।


ओपनर कुशल भुर्तेल ५ रन, पवन सर्राफ २ र दिपेन्द्रसिंह ऐरी पहिलो बलमै आउट भए। यूएईका जुनाइद सिद्दिकले दिपेन्द्र र पवनको विकेट लिए भने कासिफ डाउडले कुशको विकेट लिए ।

त्यस्तै रोहित पौडेल ९ रन बनाउदै आउट भए । कासिफ दाउदले रोहितको विकेट हात पारे ।
१२ अाेभरमा नेपालले २९ रन जाेडेकाे छ।


Author

थप समाचार
x